Menu

आजको मौसम

रास्वपाद्वारा वीरगंजमा हस्ताक्षर अभियान

Author
Trilok Khabar |
August 08, 2025
Featured


वीरगंज, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै वीरगंजमा हस्ताक्षर अभियान शुरु भएको छ ।
 
वीरगंज बसपार्क चोकमा आयोजित हस्ताक्षर अभियानको तेस्रो दिनसम्म ३ हजार ५०५ जनाले हस्ताक्षर गरिसकेको रास्वपा पर्साका सभापति हरि पन्तले जानकारी गराएका छन् ।
 
रास्वपा मधेस प्रदेश यातायात विभाग प्रमुख रामसुन्दर आर्यले हाल भैरहवा कारागारमा रहेका सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधपूर्ण कदमको विरोधस्वरूप यो हस्ताक्षर अभियान देशभर एकैसाथ सञ्चालन गरिएको जानकारी गराए । उनले वीरगंजमा दैनिक एक घण्टा हस्ताक्षर अभियान सञ्चालन गरिएको बताए ।
 
आजको हस्ताक्षर कार्यक्रममा रास्वपा जिल्ला सभापति हरि पन्त, मधेस प्रदेश सदस्य नवीन प्रसाद चौरसिया, मनोज पण्डितलगायत नेताहरूको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3