$type=ticker$count=12$cols=4$cate=0$show=home

$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर

SHARE:

वीरगञ्ज २६ भदौ । खानेपानीको अभावपछि फैलिएको हैजाको महामारीलाई वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी नियन्त्रण गर्न सफल भएको छ। स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीहरूको निरन्तर प्रयासका कारण हैजा छोटो समयमै नियन्त्रणमा आएको हो। तर हैजा नियन्त्रणसँगै वीरगञ्जले अर्को ठूलो चुनौतीको सामना गर्नुपर्‍यो—लुटपाट, चोरी, तोडफोड र आगजनीबाट भएको अपुरणीय क्षति।

सुशासनलाई मुख्य मुद्दा बनाएर सुरु भएको युवापुस्ताको आन्दोलनमा केही आपराधिक समूह घुसपैठ गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गरे। नगरवासीको साझा सम्पत्तिहरू जलाइए, कार्यालयहरू तोडफोड भए, सडकमा रहेका संरचनाहरू खरानीमा परिणत भए। यस क्रममा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहको निजी घर समेत जलेर पूर्णरूपमा ध्वस्त भएको छ।

तर, यस्तो कठोर र व्यक्तिगत पीडाको अवस्थामा पनि नगर प्रमुख सिंहले आफ्नो घर पुनर्निर्माणभन्दा बढी नगरलाई प्राथमिकता दिएका छन् । उनले भनेकाछन्, "मेरो घर त फेरि बनाउन सकिन्छ, तर पुरै नगर नै ध्वस्त भएको अवस्थामा त्यो पुनर्निर्माण गर्नु हाम्रो पहिलो कर्तव्य हो ।" प्रमुख सिंहले सम्पूर्ण संयन्त्रलाई सफाइ र व्यवस्थापनमा निरन्तर लागिरहन निर्देशन दिएका छन् ।

महानगरका अनुसार हैजा नियन्त्रण भइसके पनि रोग पुनः फैलन सक्ने जोखिम अझै विद्यमान छ। लामखुट्टे–जन्य रोग रोकथामका लागि धुवाँ गर्ने, नालाको सरसफाइ गर्ने, दूषित खानेपानीको स्रोत बन्द गर्ने तथा संक्रमित क्षेत्र वरपर थप सतर्कता अपनाउने काम निरन्तर भइरहेको छ।

यससँगै, आन्दोलनको क्रममा जलेर खरानी बनेका संरचनाको अवशेष हटाउने, तोडफोड भएका सार्वजनिक स्थललाई पुनः व्यवस्थित गर्ने, असरल्ल अवस्थामा रहेका सडक–गल्लीलाई स्वच्छ राख्ने अभियानलाई महानगरले द्रुत गतिमा अघि बढाएको छ। कर्फ्यु जारी रहेकै अवस्थामा पनि सरसफाइ कर्मचारीहरूलाई ड्युटीमा खटाइएको छ।

नगर प्रमुख सिंहले आफ्नो निजी घर जलेर खरानी भएको भए पनि सम्पूर्ण नगरको संरचना र सुन्दरतालाई पुनर्जीवित गर्ने संकल्प लिएको भन्दै कर्मचारीहरूलाई प्रेरित गरिरहनुभएको महानगरले जनाएको छ। उहाँको निर्देशनअनुसार – "मेरो घर भन्दा ठूलो घर भनेको यो नगर हो, यो नगरलाई निर्माण गर्नु नै हाम्रो साझा जिम्मेवारी हो" भन्ने भावनासहित सफाइ अभियानलाई निरन्तरता दिइएको हो।

यस्तो प्रतिकूल परिस्थिति, साधन–स्रोतको अभाव र व्यक्तिगत क्षतिको पीडा हुँदाहुँदै पनि वीरगञ्ज महानगरपालिका अहिले पुनर्निर्माण र सरसफाइ अभियानमा दृढतापूर्वक अघि बढिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,61,news,653,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर
सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर
https://blogger.googleusercontent.com/img/a/AVvXsEjPt4zFjwZSOK8uABUk7WzGCt1OJIqVzSfthtz9QQRNBQt3W6PZr3uJrRueazNkjhYTXLOUvlH8mbb2VYGUQD0YHT4_CNE7XuuvHa4qkWiceLrgeVi7gmxORqMlb7I3bKTM-fEMz-GYFhhtv8DRzVDC9RnPNLHpFHjMxETHSFBz89IlVBsjJFlOtxBSd0sO=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjPt4zFjwZSOK8uABUk7WzGCt1OJIqVzSfthtz9QQRNBQt3W6PZr3uJrRueazNkjhYTXLOUvlH8mbb2VYGUQD0YHT4_CNE7XuuvHa4qkWiceLrgeVi7gmxORqMlb7I3bKTM-fEMz-GYFhhtv8DRzVDC9RnPNLHpFHjMxETHSFBz89IlVBsjJFlOtxBSd0sO=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2025/09/blog-post_11.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2025/09/blog-post_11.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content