Menu

आजको मौसम

महानगर कार्यालयमा लुटपाट गर्ने एक युवक पक्राउ

Author
Trilok Khabar |
September 13, 2025
Featured

वीरगंज, २८ भदौं । जेनजीको आन्दोलनको फाइदा उठाएर वीरगंज महानगरपालिकाको कार्यालयको सामान लुटपाट गरेको आरोपमा नगर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका–५ घर भई  वीरगंज महानगरपालिका–१० अशोकवाटीकामा डेरा लिएर बस्दै आएका २२ वर्षीय सुधीर पटेल रहेको नगर प्रहरीले जनाएको छ ।  आइतवार महानगरको नगर प्रहरी प्रमुख हरि भुसाल नेतृत्वमा खटिएको टोलीले पटेललाई लुटिएका विभिन्न सामानसहित पक्राउ गरेको हो।

पटेलको साथबाट ९ थान कम्युटरको हार्ड डिस्क, ३ थान क्यामेरा, ९ थान डेस्कटप मनिटर, १ थान सिपियूका साथै विभिन्न केबल र अन्य विद्युतीय उपकरणहरू बरामद गरिएको नगर प्रमुख भुसालले जानकारी गराएका छन् ।

पक्राउ परेका पटेललाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाइएको र आजगनी तथा लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको नगरप्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3