Menu

आजको मौसम

केन्द्रीय कारागारबाट फरार कैदी पर्साको कालिकामाईबाट पक्राउ

Author
Trilok Khabar |
September 24, 2025
Featured

वीरगंज, ८ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागारबाट कर्तव्य ज्यान मुद्दाका फरार कैदीलाई पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाले जिल्ला पर्सा कालिकामाई गाउँँपालिका वडा नं. ५ सिमरा बस्ने वर्ष ४० को मुक्तिनारायण कुर्मीलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
कुर्मीले आफनै पत्नी वर्ष ३५ की संगिता देवीलाई घाँटी थिची कर्तव्य गरी मारेको मुद्दामा पर्सा जिल्ला अदालतबाट २५ वर्ष कैद तोकेको थियो ।
२०८२।०५।२४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागार जगनाथदेवल, काठमाण्डौबाट फरार पश्चात आफ्नै गाउँँघरमा लुकीछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा उनलाई शनिवार निजकै घरबाट पक्राउ गरी सम्बन्धित कारागार पठाउने जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3