Menu

आजको मौसम

जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार साह वीरगंजबाट पक्राउ

Author
Trilok Khabar |
October 29, 2025
Featured

वीरगंज, १२ कात्तिक । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एकजनालाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ ।
 
वडा प्रहरी कार्यालय श्रीपुरले जिल्ला पर्सा वीरगंज महागरपालिका वडा नं. १० रानीघाट बस्ने वर्ष ३९ को लालबाबु साहलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
 
ललितपुर जिल्ला अदालतबाट लागु औषध सम्बन्धी कसूर मुद्दामा २ वर्ष १ महिना कैद र रू. एक लाख पाँच हजार तोकिएका कसूरदार साह २०८२।०५।२४ गते जेनजी आन्दोलनका क्रममा नख्खु कारागार कार्यालय ललितपुरबाट फरार भएका थिए ।
फरारपछि आफनै गाउँघरमा लुकीछिपी बस्दै आएको सूचनाको आधारमा कात्तिक ११ गते सांझ ५ः३० बजे उनलाई घरबाट पक्राउ गरी सम्बन्धीत कारागार कार्यालयमा पठाइने जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3