Menu

आजको मौसम

रास्वपा पर्साद्वारा समानुपातिक उम्मेदवारको आह्वान

Author
Trilok Khabar |
November 28, 2025
Featured

वीरगंज, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश प्रदेशमा पनि प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवारीको लागि सार्वजनिक रूपमा आह्वान गरेको छ ।

शुक्रवार पर्साको वीरगंजमा रास्वपा पर्सा जिल्ला कार्यसमितिले पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेदवारीको लागि आह्वान गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका अध्यक्ष हरि पन्तले रास्वपाको समानुपातिक छनोट प्रक्रिया अरू पुराना दलभन्दा बिलकुल फरक र पूर्ण रूपमा वैज्ञानिक र पारदर्शी हुने बताए । उनले रास्वपाले सम्पूर्ण देश, मधेश र पर्सा जिल्लामा छरिएर रहेका क्षमतावान, योग्य, विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरूलाई समानुपातिक कोटाबाट सांसदसम्म पुर्याउने बताए ।

सभापति पन्तले पुराना दलहरूले समानुपातिक निर्वाचन प्रणालीको मर्मविपरीत आफन्त र आफ्ना नजिकका कार्यकर्ताहरूलाई समानुपातिकमा पठाउने गरेकोले रास्वपाले त्यसलाई पुर्णरूपमा चिर्दै पारदर्शी रूपमा छनौट गर्न लागेको बताए ।

देशको लागि केही गर्न अठोट बोकेका तर पुराना राजनीतिक दल अनि तिनीहरूको पार्टीगत संरचना अन्तर्गत प्रतिनिधिसभासम्म पुग्न नसकेकाहरूको निमित्त रास्वपाले यो मौका दिन लागेको पनि उनले बताए ।  सभापति पन्तले रास्वपाले समानुपातिक निर्वाचनको उम्मेदवार छनोट प्रक्रिया पूर्णरूपमा निष्पक्ष र पारदर्शी हुने पनि बताए ।  

पर्सा जिल्ला सभापति पन्तको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण  रास्वपा मधेस प्रदेशका प्रचार विभाग प्रमुख राम सरार्फले गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3