Menu

आजको मौसम

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ को क्षेत्रीय भेला सम्पन्न

Author
Trilok Khabar |
January 17, 2026
Featured

वीरगंज, ०३ माघ । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ क्षेत्रीय कार्य समितिको आयोजनामा आज शनिवार पार्टी कार्यालयको प्राङ्गणमा क्षेत्रीय भेला सम्पन्न भएको छ। भेलाको अध्यक्षता कर्यावाहक सभापति अनिल सिंहले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा संविधान सभा सदस्य अनिल कुमार रूङटा सहभागी रहनु भएको थियो।
कार्यक्रमका विशिष्ट अतिथिमा पार्टी उप–सभापति रामनारायण कुर्मी, वीरगंज महानगरपालिकाका उप–मेयर तथा जिल्ला सचिव इम्तियाज आलम, पुर्व उपमेयर तथा अभिभावक शान्ति  कार्की, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यहरू सहभागी रहनु भएको थियो। भेलामा बूथ सभापति, तरूण दल, नेपाल विद्यार्थी संघ तथा क्षेत्र अन्तर्गतका सम्पूर्ण वडाका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
भेलालाई सम्बोधन गर्दै उप–सभापति रामनारायण कुर्मीले ३० गतेका लागि तय गरिएको भेला आज ३ गते हुन पुगेकोप्रति बिडम्बना व्यक्त गर्नुभयो। उहाँले नेपाली कांग्रेसभित्र देखिएको गुट–उपगुटले पार्टीलाई कमजोर बनाएको उल्लेख गर्दै अब यस्ता प्रवृत्ति छोडेर एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कुर्मीले भेलाको मुख्य उद्देश्य फागुन २१ गते हुने आम निर्वाचनमा क्षेत्र नं. १ का उम्मेदवारलाई कसरी जिताउने भन्ने विषयमा केन्द्रित रहेको बताउनुभयो। उहाँका अनुसार माघ ६ गते मंगलवार उम्मेदवारी दर्ता गरिनेछ र त्यसका लागि संगठनलाई थप सक्रिय बनाउँदै चुनावी माहोल सिर्जना गर्न आवश्यक छ। चुनावको समयमा कार्यकर्तामा उत्साह जगाउँने, घर–घरमा कांग्रेसको सन्देश पुर्रुयाउने र सहमति तथा एकताको आधारमा अघि बढ्नु आजको आवश्यकता भएको उहाँको भनाइ थियो।
उप–सभापति कुर्मीले गुट–उपगुट त्यागेर सबै एक भएर क्षेत्र नं. १ का उम्मेदवारका रूपमा अनिल कुमार रूङटाको नाम सिफारिस भइसकेको जानकारी दिँदै उहाँलाई विजयी गराउन सम्पूर्ण नेता–कार्यकर्तालाई एकजुट हुन आग्रह गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि अनिल कुमार रूङटाले पार्टी संगठन सुदृढीकरण, कार्यकर्ताबीच समन्वय र जनतासँग प्रत्यक्ष सम्पर्क बढाउँदै आगामी निर्वाचनमा विजय हासिल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। अन्य वक्ताहरूले पनि कांग्रेसको ऐतिहासिक भूमिका स्मरण गर्दै अनुशासन, एकता र सक्रियता मार्पmत आगामी निर्वाचनमा पार्टीलाई सफलता दिलाउन सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3