$type=ticker$count=12$cols=4$cate=0$show=home

$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

पर्सा–२ मा अशोक टेमानीको प्रतिबद्धता, ‘विकास, समृद्धि र स्वाभिमान हाम्रो साझा अभियान’

SHARE:

वीरगंज । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी सरगर्मी बढ्दै गएको छ । यसै क्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्पmबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक कुमार टेमानीले विकास, समृद्धि र स्वाभिमानलाई केन्द्रमा राख्दै आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
वीरगंजको माटोसँग भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै टेमानीले आफू क्षेत्रकै छोरा तथा दाजुभाइको हैसियतले जनताको सेवामा समर्पित रहने बताएका छन् । 'पर्सा–२ का जनताको हरेक समस्या संसदमा सशक्त रूपमा उठाउनेछु र सम्बन्धीत मन्त्रालय तथा निकायमा पुगेर समाधानका लागि आवश्यक पहल र दबाब सिर्जना गर्नेछु,' उनले भने ।
टेमानीले वीरगंजलाई पुनः मुलुकको 'आर्थिक राजधानी'को रूपमा स्थापित गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् । औद्योगिक र व्यापारिक साख फर्काउन विशेष आर्थिक क्षेत्र र लगानीमैत्री नीति आवश्यक रहेको उनको धारणा छ । उनले उद्योग, व्यापार र लगानीलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गरी स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्य प्रस्तुत गरेका छन् ।
कृषि क्षेत्रलाई बलियो नबनाई समृद्धि सम्भव नहुने उल्लेख गर्दै टेमानीले मल, बीउ तथा कृषि उपकरणको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । किसानले आफ्नो उत्पादन सिधै बिक्री गर्न सक्ने कृषि बजार (गोला) स्थापना गर्ने योजना उनले अघि सारेका छन् ।
आधुनिक सिंचाइ व्यवस्थाको विस्तार, 'एक गाउँँ–एक उत्पादन' अवधारणा कार्यान्वयन, उन्नत मूल्यका कृषि उत्पादनमा विशेष प्याकेज तथा निजी–सरकारी साझेदारीमा कोल्ड स्टोरेज स्थापना गर्ने उनको योजना छ । यसले किसानको आम्दानी वृद्धि र कृषि उत्पादनको बजार सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।
युवाको बढ्दो वैदेशिक पलायनलाई गम्भीर समस्या मान्दै टेमानीले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरेका छन् । प्राविधिक शिक्षा तथा सीप विकास केन्द्र स्थापना गरी युवालाई आत्मनिर्भर बनाउने वातावरण तयार गर्ने उनको भनाइ छ । 'विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न उत्पादन र उद्यमशीलता विस्तार गर्नुपर्छ,' उनले जोड दिए ।
महिलालाई आर्थिक रूपमा सशक्त बना उन सीप विकास विद्यालयको अवधारणा ल्याउने, महिला श्रमिकका लागि केयर सेन्टर स्थापना गर्ने तथा घरेलु उद्योग सञ्चालनका लागि सहजीकरण गर्ने योजना उनले प्रस्तुत गरेका छन् । खाद्यान्न प्रशोधन, गार्मेन्ट तथा टेलरिङजस्ता घरमै बसेर गर्न सकिने उद्यममार्पmत महिलाको आम्दानी बढाउने लक्ष्य उनले राखेका छन् ।
शिक्षा क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै टेमानीले मधेश विश्वविद्यालय लाई देशकै उत्कृष्ट विश्वविद्यालयका रूपमा विकास गर्न प्रदेश सरकारसँग सहकार्य गर्ने बताएका छन् । सरकारी विद्यालयको गुणस्तर अभिवृद्धिका लागि स्थानीय तहसँग मिलेर आवश्यक पहल गर्ने उनको प्रतिबद्धता छ ।
'ग्रेटर वीरगंज' निर्माणको अवधारणा अघि सार्दै उनले व्यवस्थित शहरी विकासमा जोड दिएका छन् । पर्सागढी र बहुदरमाई नगरपालिकाको स्तरोन्नतिका लागि सम्बन्धीत निकायसँग सहकार्य गर्ने, ग्रामीण सडक, नाला तथा अधुरा योजनालाई पूरा गर्ने र दीर्घकालीन खानेपानी समाधानका लागि विशेषज्ञ टोली परिचालन गर्ने उनको योजना छ ।
जिल्लाका सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउने, हेल्थ पोस्ट नभएका क्षेत्रमा नयाँ संरचना स्थापना गर्ने तथा सुचारू सञ्चालन सुनिश्चित गर्न स्थानीय र संघीय सरकारसँग सहकार्य गर्ने टेमानीले बताएका छन् ।
'तपाईंको अमूल्य मत, समृद्ध पर्साको आधार' भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका टेमानीले जनताको विश्वास नै आफ्नो शक्ति भएको उल्लेख गरेका छन् । अब निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा–२ का मतदाताले विकास, रोजगारी र स्वाभिमानको एजेन्डालाई कत्तिको समर्थन गर्छन् भन्ने चासो बढेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,61,news,653,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: पर्सा–२ मा अशोक टेमानीको प्रतिबद्धता, ‘विकास, समृद्धि र स्वाभिमान हाम्रो साझा अभियान’
पर्सा–२ मा अशोक टेमानीको प्रतिबद्धता, ‘विकास, समृद्धि र स्वाभिमान हाम्रो साझा अभियान’
https://blogger.googleusercontent.com/img/a/AVvXsEj-GKFNXG5rGpAwtHafgvZkRWE8XNa5r5Suc_nZCrdXPZ7hC_hJSfwA6_WU7awxyjw4XhZp6Lc5IuN5RYSLUrzMSKRr2LeVZFyiIntGd-j38VI0gNi6jYCnlXTWrcxsB7lts5vtSC24oFgMMiqm6BUmeVTTdQ7vl9OYauBqU4_sghFN1gmU-YgP6Rei_PRG=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEj-GKFNXG5rGpAwtHafgvZkRWE8XNa5r5Suc_nZCrdXPZ7hC_hJSfwA6_WU7awxyjw4XhZp6Lc5IuN5RYSLUrzMSKRr2LeVZFyiIntGd-j38VI0gNi6jYCnlXTWrcxsB7lts5vtSC24oFgMMiqm6BUmeVTTdQ7vl9OYauBqU4_sghFN1gmU-YgP6Rei_PRG=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2026/02/blog-post_24.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2026/02/blog-post_24.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content