Menu

आजको मौसम

पर्सामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकियो

Author
Trilok Khabar |
February 08, 2026
Featured

वीरगंज, २५ माघ । जिल्ला प्रशासन कार्यालय, पर्साले दुईजनालाई निर्वाचन आचारसंहिता अनुगमन गर्न अधिकृत तोकेको छ ।

२०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयहरित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगको माघ १० गतेको पत्रानुसार निर्वाचन ऐन, २०७३ को दफा ५. ऐ. ऐनको दफा २३. निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २ को खण्ड (ख) एवं निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम यस जिल्लाका देहाय बमोजिमका पदाधिकारीहरूलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको हुँदा कोही कसैले निर्वाचन आचारसंहिता विपरित कार्य गरे–गराएकोमा निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–४ बमोजिमको ढाँचामा निर्वाचन आचारसंहिता उल्लङघन सम्बन्धी उजुरी गर्नु हुन सम्बन्धित सबैमा जानकारी लागि सूचना प्रकाशित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले जानकारी गराएका छन् ।

सहायक प्र.जि.अ. विनोद कुमार पोखरेल (सम्पर्क नं ९८५५०२०९७७) र प्र. को.नि. मनोज कुमार जोशी (सम्पर्क नं ९८५५०२५३५७) लाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको जिप्रका, पर्साले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3