Menu

आजको मौसम

नारायणी रंगशाला निर्माणका लागि ४ करोड बजेट

Author
Trilok Khabar |
March 12, 2026
Featured

वीरगंज,२८ फागुन । जेन्जी आन्दोलन भन्दा पहिलाको सरकारका तत्कालीन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वीरगंजस्थित नारायणी रंगशाला निर्माणका लागि चार करोड रुपियाँँ बजेट छुट्याएका थिए ।

उक्त बजेट विनियोजनमा तत्कालीन कानुन मन्त्री अजय कुमार चौरसियाको विशेष पहल रहेको बताइएको छ। स्थानीय खेलकुद पूर्वाधारलाई सुदृढ बनाउने उद्देश्यले रंगशाला निर्माणको प्रक्रिया अघि बढाइएको हो।

यस सम्बन्धमा जिल्ला खेलकुद विकास समिति पर्साका अध्यक्ष दीपक कुमार साह कानुका अनुसार स्थानीय खेलकुद पूर्वाधारलाई मजबुत बनाउने लक्ष्यसहित नारायणी रंगशालाको निर्माण कार्यलाई तीव्रता दिइएको हो।

यस्तै, आगामी मन्त्रिपरिषद् (क्याबिनेट) बाट पनि नारायणी रंगशाला निर्माणका लागि विशेष बजेट आउने अपेक्षा गरिएको अध्यक्ष कानुले बताएका छन।

रंगशाला निर्माण सम्पन्न भएपछि वीरगंज तथा आसपासका क्षेत्रका खेलाडीहरूलाई अभ्यास तथा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ। साथै, यसले स्थानीय स्तरमा खेलकुद गतिविधि प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3