Menu

आजको मौसम

पर्सा–१ का प्रतिनिधिसभा सदस्य पन्तद्वारा निर्वाचन खर्च सार्वजनिक

Author
Trilok Khabar |
March 22, 2026
Featured

वीरगंज, ८ चैत । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन ।

उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि)को तर्फबाट निर्वाचन प्रतिनिधि महमद मसुदिन आलमले जिल्ला निर्वाचन कार्यालय पर्सामा १० लाख २२ हजार ७ सय रुपियाँ बराबरको खर्च विवरण पेस गरेका हुन्। २०८२ चैत ८ गते दर्ता गरिएको उक्त विवरण अनुसार निर्वाचनका विभिन्न शीर्षकमा खर्च भएको रकमको विवरण निर्वाचन कार्यालयमा बुझाएको हो।

खर्चको ठूलो हिस्सा सवारी साधन भाडा र प्रचार सामग्रीमा खर्च भएको छ। विवरण अनुसार दुई थान सवारी साधनको भाडा बापत २ लाख ६० हजार रुपियाँँ भुक्तानी गरिएको छ भने फ्लेक्स प्रिन्टिङमा १ लाख ३५ हजार र अन्य प्रचार सामग्री छपाइमा १ लाख ६५ हजार ५ सय ५० रुपियाँँ खर्च भएको छ।

यसैगरी उम्मेदवारी दर्ताका लागि १० हजार, मतदाता नामावली प्रिन्टमा २२ हजार र कार्यकर्ता तथा स्वयंसेवकका लागि खाजा, गोष्ठी एवं सम्मेलनमा १ लाख ४० हजार १ सय ५० रुपियाँँ खर्च भएको उल्लेख छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ र निर्वाचन आचारसंहिता बमोजिम उम्मेदवारले चुनाव सकिएपछि अनिवार्य रूपमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ।

पन्तको चुनावी अभियानमा झण्डा बनाउनका लागि मात्रै १ लाख २३ हजार रुपियाँँ खर्च भएको विवरणमा उल्लेख छ। जिल्ला निर्वाचन कार्यालय पर्सामा दर्ता नम्बर २१६ मा अभिलेखिकरण गरिएको यो विवरणले चुनावी प्रतिस्पर्धामा हुने आर्थिक गतिविधिलाई पारदर्शी बनाउने प्रयास गरेको देखिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3