Menu

आजको मौसम

नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यालय भवनको शिलान्यास

Author
Trilok Khabar |
May 29, 2026
Featured
वीरगंज, १५ जेठ । नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यालय भवन निर्माण कार्यको शुक्रवार एक समारोहबीच शिलान्यास गरिएको छ । 

मधेस प्रदेश सरकारका गृह, सूचना तथा सञ्चार मन्त्री फकिरा महतो र नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जाराले संयुक्त रूपमा भवनको शिलान्यास गरेका छन।


जनकपुरधाममा आयोजित कार्यक्रममा पत्रकार, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । शिलान्यासअघि वैदिक विधिअनुसार पूजा–अर्चना गरिएको थियो ।

कार्यक्रममा मन्त्री महतोले लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा सञ्चार क्षेत्रको महŒवपूर्ण भूमिका रहेको बताउँदै पत्रकार महासंघको आफ्नै भवन निर्माण हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गरे । उनले पत्रकारहरूको पेशागत हकहित र सुरक्षित कार्य वातावरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।

महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बन्जाराले भवन निर्माणपछि पत्रकारहरूको गतिविधि थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरे । 

उनले प्रदेश सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै निर्माण कार्य समयमै सम्पन्न गरिने बताए।
महासंघका मधेस प्रदेश कोषाध्यक्ष अनिल कुमार गौरवका अनुसार मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८२–०८३ को बजेटअन्तर्गत विनियोजित २० लाख रुपियाँँको लागतमा तत्काल दुर्ई कोठे भवन निर्माण गरिने लक्ष्य राखिएको छ ।
Uploaded Image

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3