Menu

आजको मौसम

पत्रकार परिचयपत्रको दुरुपयोग गर्दै ब्राउन सुगर तस्करी : तीन जना पक्राउ

Author
News Feed |
August 06, 2026
Featured

वीरगंज , साउन २१ —

पत्रकारको परिचयपत्र प्रयोग गरी प्रहरीको जाँच छल्दै लागुऔषध ओसारपसार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको टोलीले सिन्धुलीको दुधौली नगरपालिका–९ बाट ४४ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिरहाका उमेशकुमार यादव, रमेशकुमार राम र गुल्सनप्रसाद साह रहेका छन्। प्रहरीले बा १६ च ७८४६ नम्बरको कारको गियर बक्सभित्र लुकाएर राखिएको अवस्थामा लागुऔषध बरामद गरेको जनाएको छ।

ब्युरो प्रमुख एसएसपी सुवास बोहराका अनुसार चालक उमेशकुमार यादवको साथबाट ‘जनजागरण खबर’ नामक सञ्चारमाध्यमको पत्रकार परिचयपत्र पनि बरामद भएको छ। प्रारम्भिक अनुसन्धानमा प्रहरीको जाँच छल्न उक्त परिचयपत्र प्रयोग गरी मिर्चैयाबाट काठमाडौंतर्फ लागुऔषध ओसारपसार गर्ने योजना रहेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि लागुऔषध (नियन्त्रण) ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3