Menu

आजको मौसम

रक्सौलमा प्रतिबंधित ड्रग्ससहित दुर्ई जना पक्राउ

Author
News Feed |
August 09, 2026
Featured

रक्सौल, २३ भदौ — भारतको रक्सौल थाना पुलिसले प्रतिबन्धित नशालु औषधीको अवैध कारोवार तथा डेलिभरी गर्ने गिरोहविरूद्ध कारबाही गर्दै आश्रम रोडबाट दुई जनालाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट ६० पिस अनरेक्स कफ सिरप र दुर्ई थान मोबाइल फोन बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा पुनौरा वडा नं–११ बस्ने ४३ वर्षका अभय कुमार र ३१ वर्षीय मुन्ना कुमार रहेको प्रहरीले जनाएको छ ।
रक्सौल थानाका गस्ती दललाई आश्रम रोड क्षेत्रमा अवैध नशीली औषधीको डेलिभरी हुने, बिक्रीवितरण गर्ने तयारी भइरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा पुलिस टोलीले तुरून्तै आश्रम रोडमा छापा मारी दुर्ई जना संदिग्धलाई नियन्त्रणमा लिएको हो।
पुलिसले बरामद गरिएको सामग्रीहरू जफत गरी पक्राउ परेका दुवै व्यक्तिसँग सोधपुछ गरिरहेको छ। साथै, यस नशीली औषधीको आपूर्ति (सप्लाई) र यस घटनासँग संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ .

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3