वीरगंज, भदौ ६
वीरगंजको माईस्थान युवा क्लबले यस वर्ष पनि आठौँ गणेश पूजा महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवमा भक्तिमय भजनसन्ध्या, महाआरती तथा विभिन्न देवी–देवताका दिव्य झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ।
माईस्थान मन्दिर परिसरमा आयोजित भेलाले महोत्सव सञ्चालनका लागि सागर सर्राफको अध्यक्षतामा गणेश पूजा आयोजना समिति गठन गरेको छ।
क्लबका पूर्वअध्यक्ष राहुल रौनियारले यस वर्षको गणेशोत्सवलाई थप आकर्षक र संगीतमय बनाउने तयारी भइरहेको बताए। उनका अनुसार भक्तिमय संगीतसँगै विभिन्न देवी–देवताका कलात्मक झाँकी प्रस्तुत गरिनेछ।
महोत्सवमा धार्मिक तथा शास्त्रीय विधिअनुसार पूजा सञ्चालनका लागि डा. पुरुषोत्तम दुबेले मुख्य पण्डितको जिम्मेवारी सम्हाल्ने जनाइएको छ।
नवगठित समितिको उपाध्यक्षमा सुभम पटेल, कोषाध्यक्षमा लखन गुप्ता, सचिवमा सुभास गुप्ता, सह–सचिवमा सुमित दास तथा पत्रकार संयोजकमा अभिलाष कुमार गुप्ता चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा विवेक ठाकुर, अनिश पटेल, विशाल कानू, सिद्त गुप्ता, रमेश पटेल, विशाल पटेल, धनञ्जय यादव, रोहित पटेल, सुधर्सन साहू सोनार, अनुज शर्मा, सुमित पटेल, सन्दिप जयसवाल, प्रकाश झा र सुरज कुमार कानू रहेका छन्।
महोत्सवमा महाआरती, भजनसन्ध्या तथा विशेष दिव्य झाँकी मुख्य आकर्षण रहने आयोजकले जनाएको छ। आयोजकले सम्पूर्ण भक्तजनलाई महोत्सवमा सहभागी हुन आग्रह गरेको छ।