वीरगंज, साउन २७ –
जिल्ला प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जिल्लाका राजनीतिक दलका प्रमुख तथा पदाधिकारीहरूसँग परिचय तथा भेटघाट गरेका छन।
भेटघाटका क्रममा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा समसामयिक सुरक्षा चुनौतीका विषयमा छलफल भएको थियो।
एसपी भट्टराईले जिल्लामा शान्ति सुरक्षा कायम गर्न राजनीतिक दल, नागरिक समाज तथा स्थानीय सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए। उनले पर्साको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन राजनीतिक दलका नेतृत्वसँग निरन्तर समन्वय आवश्यक रहेको बताए।
भेटघाटमा सहभागी राजनीतिक दलका नेताहरूले पनि जिल्लाको सुरक्षा अवस्था सुधार तथा अपराध नियन्त्रणका लागि प्रहरी प्रशासनसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।
जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले शान्ति सुरक्षालाई प्राथमिकता दिएको अवस्थामा पर्साको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका एसपी भट्टराईले जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने बताए।