Menu

आजको मौसम

तमिलनाडुमा विपन्न परिवारलाई वर्षमा तीनवटा एलपीजी सिलिन्डर निःशुल्क

Author
News Feed |
August 25, 2026
Featured

तमिलनाडु , भदौ १० —

भारतको तमिलनाडु सरकारले विपन्न तथा कम आय भएका परिवारलाई वर्षमा तीनवटा खाना पकाउने एलपीजी ग्यास सिलिन्डर निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।

मुख्यमन्त्री सी. जोसेफ विजयले विधानसभामा ‘अन्नपूर्णी सुपर सिक्स’ योजनाअन्तर्गत यस्तो सुविधा ल्याउने घोषणा गरेका हुन्। वार्षिक २ लाख ५० हजार भारतीय रुपैयाँसम्म आय भएका परिवारलाई योजनामा समेटिनेछ।

आगामी जनवरीमा पर्ने पोङ्गल पर्वदेखि योजना लागू हुने र ग्यास खरिद गरेपछि रकम प्रत्यक्ष लाभ हस्तान्तरण (डीबीटी) मार्फत परिवारकी मुख्य महिलाको बैंक खातामा पठाइनेछ।

सरकारका अनुसार योजनाबाट करिब १ करोड ३० लाख परिवार लाभान्वित हुनेछन्। यसको कार्यान्वयनमा राज्य सरकारको वार्षिक करिब ४० अर्ब भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3