Menu

आजको मौसम

कांग्रेस इतर समूहको सम्मेलनमा पाँचै प्रतिवेदन पारित

Author
News Feed |
August 16, 2026
Featured

पर्सा, साउन ३१ —

नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत पाँचवटै प्रतिवेदन परिमार्जनसहित पारित भएका छन्।

पूर्वसभापति शेरबहादुर देउवा पक्षको इतर समूहले आयोजना गरेको सम्मेलनमा राजनीतिक, सांगठनिक, समसामयिक नीति, आर्थिक नीति तथा कानून र विधानसम्बन्धी पाँचवटा प्रतिवेदन प्रस्तुत भएका थिए।

पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक, एनपी साउदले समसामयिक नीति, डा. प्रकाशशरण महतले आर्थिक नीति तथा रमेश लेखकले कानून तथा विधानसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदनमाथि विभिन्न प्रदेश र विषयका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो। छलफलबाट आएका सुझाव समेट्दै प्रतिवेदन परिमार्जनसहित पारित गरिएको हो।

शुक्रबारदेखि सुरु भएको सम्मेलन आज सम्पन्न गर्ने तयारी गरिएको छ। पूर्वसभापति देउवा पनि आजको बन्दसत्रमा सहभागी भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3