Menu

आजको मौसम

संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने

Author
News Feed |
August 20, 2026
Featured

पर्सा , भदौ ४ –

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुईतिहाइ बहुमत मात्र पर्याप्त नहुने बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले संविधान संशोधनसँग जोडिएका कानुनी तथा संवैधानिक प्रक्रियाका जटिलताबारे ध्यानाकर्षण गराएका छन्।

संविधान संशोधनका लागि आवश्यक सङ्ख्या पुर्‍याउन सरकारलाई सहयोग गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूको अभिव्यक्तिको उनले स्वागत गरेका छन्। तर प्रतिनिधिसभामा दुईतिहाइ बहुमत पुग्दैमा संशोधन प्रक्रिया पूरा नहुने भन्दै उनले अन्य संवैधानिक तथा प्रक्रियागत पक्षलाई पनि ध्यान दिनुपर्ने बताएका छन्।

सरकारलाई सहयोग गर्ने भावना र तत्परता देखाउने दलहरूप्रति आभार व्यक्त गर्दै लामिछानेले संविधान र कानूनको पूर्ण पालना गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्।

संविधान संशोधनजस्तो संवेदनशील विषयमा राजनीतिक भावनाभन्दा कानुनी तथा संवैधानिक प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3