Menu

आजको मौसम

गरिमाको लागि न्याय माग्दै सिमरामा सडक अवरुद्ध

Author
News Feed |
August 19, 2026
Featured

वीरगंज , भदौ ३ —

तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै स्थानीयवासीले सिमरामा सडक अवरुद्ध गरेका छन्।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरीकी गरिमा साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्।

खोजीका क्रममा भदौ २ गते भक्तिनगरस्थित एक घरको खाली कोठामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिकालाई चकलेट दिने प्रलोभन देखाएर लगेर जबरजस्ती करणीपछि हत्या गरिएको खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा १६ वर्षीय सुमन थापा र ना.१ ज ७७५८ नम्बरको म्याजिकका धनी २४ वर्षीय प्रोग्रेस चौधरीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

घटनामा संलग्न सबैलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीयले सडकमा प्रदर्शनसहित अवरोध गरेका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3