Menu

आजको मौसम

सिँचाइमा लगानीसँगै कृषि उत्पादन र रोजगारी बढाउनुपर्छ : मन्त्री श्रेष्ठ

Author
News Feed |
August 23, 2026
Featured

मोरङ , भदौ ७ —

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्ने बताए।

सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका क्रममा मन्त्री श्रेष्ठले सिँचाइलाई केवल नहर निर्माणका रूपमा नभई कृषि उत्पादन र किसानको आम्दानी बढाउने माध्यमका रूपमा विकास गर्नुपर्ने बताए।

उनका अनुसार सुनसरी–मोरङ सिँचाइ परियोजनाले मात्रै वार्षिक १४ अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको कृषि उत्पादनमा योगदान पुर्‍याउँदै आएको छ। करिब ६८ हजार हेक्टर कमान्ड क्षेत्र समेट्ने यो प्रणाली लामो समयदेखि सञ्चालनमा रहेकाले यसको पुनर्स्थापना र आधुनिकीकरण आवश्यक रहेको उनले बताए।

परियोजनामा कोशी नदीको धार परिवर्तन, गेग्रान थुप्रिने र सुक्खायाममा इन्टेकमा पर्याप्त पानी नपुग्ने समस्या देखिएको छ। मन्त्री श्रेष्ठले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानलाई समेटेर एकीकृत कार्ययोजना बनाउन निर्देशन दिए।

उनले ड्रेजिङ, स्पर निर्माणलगायतका तत्कालीन उपायलाई स्थायी संरचनाको विकल्पका रूपमा लिन नहुने बताउँदै दीर्घकालीन समाधानका लागि आवश्यक संरचना निर्माणमा जोड दिए।

सिँचाइ र कृषि कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउन सके उत्पादन र रोजगारी बढ्नुका साथै ग्रामीण क्षेत्रबाट हुने जनसंख्या पलायनसमेत न्यूनीकरण गर्न सकिने मन्त्री श्रेष्ठले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3