Menu

आजको मौसम

बाबा रामदेवलाई कंगनाको जवाफ– ‘मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्’

Author
News Feed |
August 25, 2026
Featured

नयाँदिल्ली , भदौ ९ —

अभिनेत्री तथा भाजपा सांसद कंगना रनावतले योगगुरु बाबा रामदेवको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै आफ्नो जवानी र बेडरुमबारे सपना नदेख्न चेतावनी दिएकी छन्।

कंगनाले ‘जेनेरेसन गटर’ सम्बन्धी दिएको अभिव्यक्तिलाई रामदेवले ‘बिग्रिएको दिमागको संकेत’ भनेपछि उनले इन्स्टाग्राम स्टोरीमार्फत जवाफ दिएकी हुन्।

कंगनाले रामदेवलाई आफ्नो चरित्रबारे टिप्पणी नगर्न आग्रह गर्दै आफूविरुद्ध चरित्रको पाठ नपढाउन भनेकी छन्। उनले रामदेवको विगतका विवादसमेत उल्लेख गर्दै आफूलाई चरित्रबारे प्रश्न नगर्न चेतावनी दिएकी हुन्।

यसअघि रामदेवले कंगनाको ‘जेनेरेसन गटर’ टिप्पणीको आलोचना गर्दै देशका युवालाई त्यस्तो शब्दले सम्बोधन गर्नु गलत भएको बताएका थिए। उनले कंगनाको टिप्पणीलाई ‘बिग्रिएको दिमागको संकेत’ समेत भनेका थिए।

कंगनाले हालै युवा हिन्दू महिलाको व्यवहारबारे टिप्पणी गर्दै नयाँ पुस्तालाई ‘जेनेरेसन गटर’ भनेकी थिइन्। उनको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समेत तीव्र बहस भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3