Menu

आजको मौसम

सूर्या हस्पिटलमा हुमेरसको डिस्टल साफ्ट फ्र्याक्चरको सफल शल्यक्रिया

Author
News Feed |
August 26, 2026
Featured

वीरगंज , भदौ १० —

वीरगंजस्थित सूर्या हस्पिटलमा हातको माथिल्लो भागको हड्डी हुमेरसको डिस्टल साफ्ट फ्र्याक्चर भएका बिरामीको सफल शल्यक्रिया तथा उपचार गरिएको छ।

अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. सरोज सिंहको नेतृत्वमा गरिएको शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको र उनी पुनः सामान्य दैनिक गतिविधिमा सक्रिय हुन सफल भएको अस्पतालले जनाएको छ।

एमबीबीएस तथा एमएस अर्थोपेडिक गरेका डा. सिंहले जोइन्ट रिप्लेसमेन्ट तथा आर्थ्रोस्कोपी सर्जरीमा फेलोसिपसमेत प्राप्त गरेका छन्। उनी हाडजोर्नीसम्बन्धी विभिन्न समस्या तथा आकस्मिक ट्रमाको उपचारमा संलग्न रहँदै आएका छन्।

अस्पतालका अनुसार हातको हड्डी भाँचिएपछि उपचारका लागि आएका बिरामीको आवश्यक परीक्षण तथा स्वास्थ्य मूल्याङ्कनपछि शल्यक्रिया गरिएको थियो। सफल शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको र दैनिक काममा समेत फर्किन सफल भएको जनाइएको छ।

सूर्या हस्पिटल एण्ड सूर्या आईभीएफ वीरगंजको मेनरोडमा, नारायणी अस्पतालबाट करिब १०० मिटर दक्षिणतर्फ रहेको अस्पतालले जनाएको छ।

अस्पतालले हाडजोर्नी तथा जोर्नीसम्बन्धी समस्या वा आकस्मिक चोटपटक भएमा समयमै विशेषज्ञ चिकित्सकबाट परामर्श लिन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3