Menu

आजको मौसम

अष्टभुजे वैष्णो देवी मन्दिरको साधारण सभा सम्पन्न, दुई मन्दिर समिति समायोजनको प्रस्ताव

Author
News Feed |
August 21, 2026
Featured

परवानीपुर, बारा ५ –

बाराको परवानीपुर गाउँपालिका–३ स्थित अष्टभुजे वैष्णो देवी मन्दिर संरक्षण समितिको साधारण सभा बिहीबार परवानीपुर बजारस्थित बीएस पार्टी प्यालेसमा सम्पन्न भएको छ।

सभामा मन्दिर संरक्षण समितिका अध्यक्ष अमर यादवले मन्दिरको आर्थिक अवस्थाबारे जानकारी गराएका छन्। उनका अनुसार मन्दिरको अक्षय कोषमा १० लाख रुपैयाँ तथा चल्ती खातामा करिब ९ लाख ५० हजार रुपैयाँ मौज्दात रहेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले करिब १२ वर्षअघि स्थापना भएको अष्टभुजे वैष्णो देवी मन्दिर र लामो समयदेखि सञ्चालनमा रहेको ऐतिहासिक राधाकृष्ण मन्दिरका छुट्टाछुट्टै समितिलाई समायोजन गरी एउटै सशक्त संरक्षण समिति गठन गर्न प्रस्ताव गरेका छन्।

उनले राधाकृष्ण मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको भन्दै परवानीपुर गाउँपालिकाको नेतृत्वप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

परवानीपुर गाउँपालिकाका अध्यक्ष रामछत्री प्रसाद कुर्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण दीपक यादव र रामबाबु गुप्ताले गरेका थिए।

सभामा नागमाणी उपाध्याय, लिपनीविर्ताका पूर्वगाविस अध्यक्ष जतन राउत कुर्मी, हरिहर साह, किशोरी ठाकुरलगायतको विशेष उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3