Menu

आजको मौसम

नारीलाई न्याय कहिले?

Author
News Feed |
August 23, 2026
Featured

– नेहा साह

तीन वर्ष छोरीको हुन्छ बलात्कार,
कस्तो छ देशको सरकार?

महिला राष्ट्रपति भएको देशमा
नपाए निर्मला पन्तलाई न्याय,
बलात्कारीभन्दा अरूलाई दिन्छ
खास सजाय।

हरेक पुरुषले सामाजिक सञ्जालमा
“बलात्कार नगरौँ” लेख्छन्,
अर्थात् त्यहीमधेका पुरुषले
नारीलाई कस्ता खराब नजरले देख्छन्।

बलात्कारीलाई कम,
बलात्कृतकै कारण बलात्कार भयो भन्दै
बढी दोष लगाउँछन्।

सानो कपडा, रूपरङ्ग, चालचलन,
शारीरिक बनावट
कस्ता कस्ता नराम्रा आरोप लगाउँछन्।

बलात्कारको नजरले हेर्नअघि
उसको मनमा डर जागोस्,
यस्तो कानुन बनाऊ।
हजारौँ–लाखौँ मैनबत्तीको साटो
त्यो बलात्कारीलाई जलाऊँ।

नत्र दुई–चार महिनापछि
बन्द हुन्छ हल्ला,
पैसा खाई–खुवाई
मुखमा लाग्छ ताला।

अर्को नारी हुन्छिन् बलात्कृत,
पाउँदिन न्याय भन्दै
लड्न जान्छिन् कहाँ?

भगवान शिवको तीन–तीन नयनलाई सोन देऊ,आफ्नो दुई नयनलाई खोल।
हेर्नु छैन अरू नारीलाई बलाकृत त,
गरिमा चौधरी, निर्मला पन्त
जस्ता नारीका लागि बोल। – ठाकुरराम कलेज

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3