Menu

आजको मौसम

आज नागपञ्चमी, नागको पूजा गरी मनाइँदै

Author
News Feed |
August 17, 2026
Featured

वीरगंज , भदौ १ —

नागपञ्चमी पर्व आज सोमबार नागको पूजा गरी परम्पराअनुसार मनाइँदै छ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने गरिन्छ।

नागपञ्चमीका दिन नागको तस्वीर पूजा गरी घरको मूल ढोकामा टाँस्दा वर्षभर नाग, सर्प तथा बिच्छीलगायतका जीवबाट घरपरिवार सुरक्षित रहने धार्मिक विश्वास छ। साथै अग्नि, मेघ र चट्याङको भयबाट समेत बच्न सकिने मान्यता रहेको छ।

यस दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गर्ने परम्परा छ। ब्राह्मण पुरोहितबाट नागको तस्वीरमा पूजा गरी घरको ढोकामाथि टाँस्ने गरिन्छ।

नागपञ्चमीका दिन खेतबारीमा खनजोत गर्न तथा नाग, सर्पलगायत घिस्रने जीवलाई मार्न नहुने धार्मिक मान्यता छ। नागको पूजामा दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार चढाउने गरिन्छ।

नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका विभिन्न चाडपर्वको याम सुरु हुने धार्मिक मान्यता रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3