Menu

आजको मौसम

सांसद कानुको पहलपछि नारायणी अस्पतालमा एन्टिस्नेक भेनम आजै आउदै

Author
News Desk |
August 11, 2026
Featured

वीरगंज , साउन – २६

वीरगंजस्थित नारायणी अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम (Anti-Snake Venom) इन्जेक्सन अभाव भएपछि सांसद सुशीला साह कानुले तत्काल आपूर्तिका लागि पहल गर्नुभएको छ।

अस्पतालमा एन्टिस्नेक भेनम अभाव भएको जानकारी पाएपछि सांसद कानुले स्वास्थ्य मन्त्रालय तथा मधेस प्रदेश स्वास्थ्य निर्देशनालयसँग समन्वय गरी औषधि उपलब्ध गराउन पहल गर्नुभएको हो।

सम्बन्धित निकायसँगको समन्वयपछि एन्टिस्नेक भेनम आज बेलुकी ५ बजेसम्म नारायणी अस्पतालमा आइपुग्ने जानकारी प्राप्त भएको जनाइएको छ।

सर्पदंशका बिरामीको उपचारमा एन्टिस्नेक भेनम अत्यावश्यक हुने भएकाले अभाव हुन नदिन सम्बन्धित निकायसँग निरन्तर समन्वय र सहजीकरण भइरहेको सांसद कानुले बताउनुभएको छ।

अस्पतालमा औषधि अभावको जानकारी सार्वजनिक भएपछि बिरामी तथा आफन्तमा देखिएको चिन्ता सम्बोधन गर्न तत्काल आपूर्ति व्यवस्थापनका लागि पहल गरिएको हो।

सर्पदंशका घटना बढ्न सक्ने समयमा अस्पतालमा आवश्यक औषधिको पर्याप्त मौज्दात कायम राख्न सम्बन्धित निकायले नियमित आपूर्ति र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3