Menu

आजको मौसम

बालिका हत्या प्रकरण : पूर्व–पश्चिम राजमार्गसहित वीरगंज–पथलैया सडकखण्ड आज पनि बन्द

Author
News Feed |
August 21, 2026
Featured

वीरगंज , भदौ ५ –

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर पीडित पक्षले थालेको आन्दोलन आज पनि जारी रहेको छ। पीडित पक्षले पूर्व–पश्चिम राजमार्ग तथा वीरगंज–पथलैया सडकखण्ड बन्द गराएका छन्।

सडक बन्द भएपछि वीरगंज–पथलैया औद्योगिक करिडोरको यातायात प्रभावित भएको छ। सवारीसाधनको आवागमन रोकिँदा यात्रुहरूलाई सास्ती भएको छ भने लामो दूरीका तथा मालवाहक सवारीसाधनसमेत सडकमा रोकिएका छन्।

गरिमा चौधरीको घटनामा प्रहरीले समयमै खोजी नगरेको र अनुसन्धानमा लापरवाही गरेको आरोप लगाउँदै पीडित पक्ष तथा स्थानीयवासीले आन्दोलन गर्दै आएका छन्। उनीहरूले इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलीप क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग राखेका छन्।

यसअघि जिल्ला सुरक्षा समिति र आन्दोलनरत पक्षबीच पाँचबुँदे सहमति भएको थियो। तर उक्त सहमति पीडित पक्षले अस्वीकार गरेको छ। मध्यरातमा भएको सहमति आफूहरूलाई मान्य नभएको पीडित पक्षको भनाइ छ।

पीडित पक्षले गृह मन्त्री स्वयं घटनास्थलमा आएर आफूहरूसँग प्रत्यक्ष छलफल गरी सहमति नगरेसम्म आन्दोलनका कार्यक्रम फिर्ता नलिने बताएका छन्। उनीहरूले माग पूरा नभएसम्म सडक अवरोधसहित प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्।

सडक बन्दका कारण वीरगंज–पथलैया औद्योगिक करिडोरका उद्योग तथा व्यवसाय, सार्वजनिक यातायात र मालसामान ढुवानीमा समेत प्रत्यक्ष असर परेको छ। राजमार्गमा सवारी आवागमन रोकिँदा यात्रु तथा चालकहरू थप समस्यामा परेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3