Menu

आजको मौसम

वीरगंज नाकाबाट भित्रियो ११ हजार टनभन्दा बढी मल

Author
News Desk |
August 17, 2026
Featured

वीरगंज , भदौ १ —

धान रोपाइँ तथा बाली व्यवस्थापनका लागि किसानलाई मलको आवश्यकता बढिरहेका बेला वीरगंज नाकाबाट ठूलो परिमाणमा युरिया र डिएपी मल भित्रिएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडको वीरगंज प्रादेशिक कार्यालयका अनुसार साउन महिनामा तीनवटा कन्साइन्मेन्टमार्फत ११ हजार ७१५ टन मल वीरगंज आइपुगेको हो। यसमध्ये ५ हजार ४३१ टन डिएपी र ६ हजार २८४ टन युरिया रहेको छ।

भारतको इन्डियन पोटास लिमिटेड (आईपीएल)मार्फत ५ हजार ४३१ टन डिएपी आएको हो। त्यस्तै, आदित्य बिर्ला कम्पनीमार्फत ५ हजार १११ टन र सन इन्टरनेसनलमार्फत १ हजार १७३ टन युरिया भित्रिएको कम्पनीका सूचना अधिकारी दिनेश शर्माले जानकारी दिएका छन्।

मल बोकेका रेल्वे र्‍याक भारतको रक्सौल र वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह हुँदै क्रमशः भित्रिरहेका छन्। तीनवटै कन्साइन्मेन्टबाट ३०/३० हजार टन मल ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ।

वीरगंज भित्रिएको मल वीरगंजसहित भैरहवा र विराटनगरका प्रादेशिक कार्यालयमार्फत वितरण गरिनेछ। किसानले मागअनुसार मल नपाएको गुनासो गरिरहेका बेला नयाँ खेप भित्रिन थालेपछि मल अभाव केही कम हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3