Menu

आजको मौसम

अदालतको आदेशपछि टेलिकम भवनमा डोजर चलाएको विषयमा कारण देखाऊ आदेश

Author
News Desk |
August 19, 2026
Featured

वीरगंज , भदौ ३ —

वीरगंजको मुख्य सडक विस्तारसम्बन्धी विवादमा अदालतको अल्पकालीन अन्तरिम आदेशपछि नेपाल टेलिकमको शाखा भवनमा डोजर चलाइएको विषयमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले कारण देखाऊ आदेश जारी गरेको छ।

नेपाल टेलिकमका तर्फबाट दायर अवहेलनासम्बन्धी निवेदनमा सुनुवाइ गर्दै अदालतले सम्बन्धित विपक्षीलाई अदालतको आदेश उल्लङ्घन भएको हो वा होइन भन्ने विषयमा कारणसहित लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

यसअघि अदालतले सडक विस्तारसम्बन्धी काम तत्काल नगर्न–नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। तर आदेश जारी भएको भोलिपल्टै सडक डिभिजन कार्यालय, हेटौँडाले वीरगंजस्थित नेपाल टेलिकमको भवनमा डोजर चलाएपछि टेलिकमले अदालतको अवहेलना भएको दाबी गर्दै निवेदन दिएको हो।

अदालतले कारण देखाऊ आदेश जारी गर्नु मात्रै अवहेलना ठहर हुनु नभएको जनाएको छ। सम्बन्धित पक्षको जवाफ र सुनुवाइपछि मात्रै यस विषयमा थप निर्णय हुनेछ। अन्तरिम आदेशसम्बन्धी छलफलका लागि भदौ ४ गते पेशी तोकिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3