Menu

आजको मौसम

वीरगंज ब्लड बैंकमा रगतको अभाव, रक्तदान गर्न अपिल

Author
News Desk |
August 12, 2026
Featured

वीरगंज ,साउन २७

वीरगंजस्थित ब्लड बैंकमा रगतको अभाव भएपछि रक्तदान गर्न सर्वसाधारणलाई अपिल गरिएको छ।

ब्लड बैंकमा विभिन्न समूहको रगतको अभाव भइरहेको भन्दै रक्तदान गर्न सक्ने सबैलाई ब्लड बैंकमा पुगेर रक्तदान गर्न आग्रह गरिएको हो।

साथै संघ–संस्था, विद्यालय, कलेज तथा सामाजिक संस्थाहरूलाई आफ्नै पहलमा रक्तदान कार्यक्रम आयोजना गरी अभियानमा सहयोग गर्न आग्रह गरिएको छ। रक्तदानले आकस्मिक अवस्था तथा उपचाररत बिरामीको जीवन बचाउन महत्वपूर्ण सहयोग पुग्ने जनाइएको छ।

वीरगञ्ज आसपासका क्षेत्रमा रहेका रक्तदान गर्न इच्छुक तर ब्लड बैंकसम्म पुग्न समस्या भएका व्यक्तिलाई लिनका लागि बाइकको समेत व्यवस्था गरिएको जनाइएको छ।

यसका लागि सौरव राज पाण्डे–९८१२२५९६५६, प्रकाश थारु–९८५५०२०७८२, राजन श्रीवास्तव–९८५५०३८८८८, विक्की सर्राफ–९८०९१६१०१०, रामविनय यादव–९८०७२३६०५३ र देवेश मानवसेवा–९८५५०७६००८ मा सम्पर्क गर्न सकिने बताइएको छ।

रक्तदान गरी जीवन बचाउने अभियानमा सहभागी हुन आयोजकले सबैमा आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3