Menu

आजको मौसम

उड्न लागेको बुद्ध एयरको इन्जिन स्टार्ट नभएपछि…..

Author
News Desk |
August 19, 2026
Featured

बारा- सिमरा बिमानस्थलमा बुद्ध एयरको जहाज उड्नु अघि इन्जिनमा समस्या आएपछि सिमरा बिमानस्थलमा ग्राउन्डेड भएको छ । अपरन्ह ४:४५ बजे सिमराबाट उड्नुपर्ने जहाज साँझ ५:११ बजे सिमरा बिमानस्थलमा अवतरण गरेको थियोे ।

बुद्ध एयरको उडान नम्बर ५६० को एटिआर ७२ विमान सिमरा बिमानस्थलमै रोकिएको छ भने यात्रुहरू फर्किएका छन् ।

काठमाडौ जान चढेको बिमानबाट ओर्लिएका कलैयाका ओम शंकर प्रसादले भाग्यले उडान रोकिदिएको बताए ‘उडिसकेपछी इन्जिन बिग्रन्थ्यो भने के हुन्थ्यो होला’ ओम शंकरले भने ।

बुद्ध एयरका सिमरा स्टेशन प्रमुख सुरेश रेग्मीले बिमानमा समस्या आएको पुष्टि गरे ।’इन्जिनमा समस्या आएकोले विमान उड्न सकेन, भोलि अर्को फ्लाइटमा काठमाडौबाट इन्जिनियर आएपछि मर्मत गरेर पठाउछौ’ रेग्मीले भने ।

रेग्मीका अनुसार उडान रोकिएको जहाजमा ४० जना यात्रु चढेका थिए । उनीहरूलाई बिहिवार बिहान अर्को फ्लाइट ब्यवस्थापन गरेर काठमाडौ पठाउने रेग्मीको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3