Menu

आजको मौसम

नेपाल ‘ए’को लगातार दोस्रो हार, बंगलादेशसँग ९ विकेटले पराजित

Author
News Feed |
August 22, 2026
Featured

पर्सा , भदौ ६ –

अस्ट्रेलियामा जारी टप इन्ड ट्वान्टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो हार व्यहोरेको छ। नेपाल ‘ए’लाई शनिबार डार्विनस्थित मरारा ओभलमा बंगलादेश हाई पर्फर्मेन्स–११ ले ९ विकेटले पराजित गरेको हो।

नेपालले दिएको ९९ रनको लक्ष्य बंगलादेशले १० ओभर २ बलमा एक विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९९ रन बनाएको थियो।

नेपालले सुरुवातमै लगातार विकेट गुमाएपछि १० रनमै चार विकेट गुमाएको थियो। कुशल भुर्तेलले ४६ रन बनाउँदै नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। विपिन खत्रीले अविजित ११, साहब आलमले ११ र रिजन ढकालले १० रन बनाए।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बंगलादेशका मोहम्मद रुबेलले ४ विकेट लिएपछि नेपाल ठूलो स्कोर बनाउनबाट रोकिएको थियो।

नेपाल ‘ए’ पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको थियो। अब नेपालले अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3