Menu

आजको मौसम

पर्सामा एम्बुलेन्सको मापदण्ड कडाइका साथ लागू गरिँदै

Author
News Feed |
August 21, 2026
Featured

वीरगंज , भदौ ५ –

पर्सामा एम्बुलेन्स सञ्चालनका लागि तोकिएको मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गराउन कडाइ गर्ने तयारी गरिएको छ। पटक–पटक समय दिँदा पनि कतिपय एम्बुलेन्सले मापदण्ड पालना नगरेपछि सञ्चालक तथा चालकलाई अन्तिम चेतावनी दिने तयारी गरिएको हो।

एम्बुलेन्स संघका अध्यक्ष जर्नादन गिरीले मापदण्ड कार्यान्वयनमा कडाइ गर्न खोजिए पनि अझै पूर्ण रूपमा पालना हुन नसकेको बताएका छन्। उनका अनुसार संघमा विभिन्न पालिका तथा अन्य जिल्लाका गरी करिब ५० वटा एम्बुलेन्स आबद्ध छन्। अब मापदण्ड कार्यान्वयनमा थप कडाइ गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साका एक अधिकृतका अनुसार मापदण्डअनुसार एम्बुलेन्स सञ्चालन गर्न पटक–पटक समय दिइए पनि बेवास्ता हुँदै आएको छ। त्यसैले चालक तथा सञ्चालकलाई बोलाएर मापदण्ड पालना गर्न अन्तिम चेतावनी दिने तयारी गरिएको उनले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी अध्यक्ष तथा स्वास्थ्य कार्यालयका सदस्यसचिव रहने गरी एम्बुलेन्स मापदण्ड अनुगमन समिति गठन गरिएको छ। समितिले बैठकमार्फत एम्बुलेन्स सञ्चालकलाई तोकिएको मापदण्ड अनिवार्य रूपमा पालना गर्न जानकारी गराइसकेको जनाएको छ।

निर्देशिकाको अनुसूची–१४ अनुसार ‘ख’ वर्गको एम्बुलेन्सका लागि प्राविधिकले एम्बुलेन्सको अवस्था अनुगमन गरेको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ। साथै, अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदन, जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सिफारिस, सम्बन्धित अस्पताल वा स्वास्थ्य संस्थाको निर्णय तथा अस्पतालसँग भएको सम्झौता आवश्यक पर्ने व्यवस्था रहेको छ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख निलारम्भ अधिकारीले अब सञ्चालनमा आउने एम्बुलेन्सले राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्ने बताएका छन्। उनका अनुसार जिल्लाका १४ वटै पालिकामा सञ्चालनमा रहेका एम्बुलेन्सको तथ्यांक स्वास्थ्य कार्यालयसँग उपलब्ध रहेको छ।

मापदण्ड पूरा गरेका एम्बुलेन्समा पहिचान खुल्ने आवाज वा साइरन, रातो रङको लामो संकेत बत्ती तथा फोर ह्विल ड्राइभको व्यवस्था हुनुपर्नेछ। त्यस्तै, एक हजार सीसीभन्दा बढी क्षमताको इन्जिन, चालकको सिटपछाडि अन्य सिट नरहेको, जीपीएस जडान गरिएको र नवीकरणको स्टिकर टाँसिएको हुनुपर्ने व्यवस्था रहेको छ।

नयाँ पत्रीका // तिवारी यादव

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3