Menu

आजको मौसम

इस्लामाबादको अस्पतालमा आगलागी, १४ नवजात शिशुको

Author
News Feed |
August 26, 2026
Featured

मृत्युइस्लामाबाद , भदौ १० —

पाकिस्तानको राजधानी इस्लामाबादस्थित एक सरकारी अस्पतालमा आगलागी हुँदा कम्तीमा १४ जना नवजात शिशुको मृत्यु भएको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पीआईएमएस) को प्रसूति कक्षमा आज बिहान करिब साढे ६ बजे आगलागी भएको हो।आगलागीका बेला प्रसूति कक्षमा १५ जना नवजात शिशु भर्ना भएका थिए।

तीमध्ये ९ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यलाई बाल कक्षमा सारेर उपचार गर्ने क्रममा थप ५ जनाको मृत्यु भएको जनाइएको छ।

घटनाप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले दुःख व्यक्त गर्दै आगलागीको तत्काल छानबिन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। समितिले आगलागी कसरी भयो र घटनामा कसैको लापरबाही भए–नभएको विषयमा अनुसन्धान गर्ने जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3