Menu

आजको मौसम

५ महिनापछि स्वदेश फर्किए शेरबहादुर देउवा : हेर्नुहोस तस्बिरमा

Author
News Feed |
August 13, 2026
Featured

पर्सा , साउन २८ –

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्किएका छन्।

आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका देउवालाई कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशाङ्क कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतले स्वागत गरेका छन्।

देउवालाई स्वागत गर्न विमानस्थलमा बाक्लो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता पुगेका थिए। उनीहरूले बाजागाजासहित देउवाको स्वागत गरेका छन्।

स्वास्थ्य उपचारका लागि देउवा गत फागुनमा सिंगापुर गएका थिए। हङकङ हुँदै थाइल्यान्ड पुगेका देउवा थाइल्यान्डबाट आज नेपाल फर्किएका हुन्।

बूढानीलकण्ठस्थित देउवाको घर नवयुवा आन्दोलनका क्रममा आगजनीमा परेपछि देउवा परिवार महाराजगञ्जमा घर भाडामा लिएर बस्दै आएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3