Menu

आजको मौसम

पासवान परिवारलाई सरकारले जग्गा र रोजगारी दिने

Author
News Desk |
August 16, 2026
Featured

भक्तपुर, ३१ साउन । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा मृत फेला परेका बाराको सुवर्ण गाउँपालिका –२ का ५७ वर्षीय हीरालाल पासवानका परिवारलाई सरकारले तत्काल जमिन उपलब्ध गराउने भएको छ ।


सरकारले बाराको सुवर्ण गाउँँपालिकामै सुकुमबासी परिवारले पाउने जमिन तत्काल उपलब्ध गराउने भएको हो ।
यस्तै, मृतकका परिवारका दुर्ईजना सदस्यलाई रोजगारी, विद्यालय तहसम्मको शिक्षा र औषधोपचारको व्यवस्था मिलाउने सहमति पनि भएको छ । सहमतिपछि पासवान परिवार मृतकको शव पोस्टमार्टम गरी दाहसंस्कारका लागि तयार भएका थिए ।


शुक्रवार सरकार र पीडित पक्षबीच ५ बुँदै सहमति भएको हो ।उक्त सहमतिपत्रमा मृतक परिवारका तर्पmबाट छोरा–बुहारी रवि–अञ्जलीले र सरकारका तर्पmबाट सांसद पुरूषोत्तम यादव, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट, भूमि समस्या समाधान समितिका सदस्य अमिर न्यौपाने र उपसचिव सञ्जीव साहले हस्ताक्षर गरेका छन् ।


थापाथलीस्थित सुकुमवासी बस्तीबाट विस्थापित भएको पासवान परिवार कृषि विकास बैंक केन्द्रीय तालिम प्रतिष्ठान बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएको थियो । सरकारले सुकुमवासी बस्ती भत्काएपछि शुरूमा उनीहरू कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रस्थित होल्डिङ सेन्टरमा पुगेका थिए । २७ असारमा होल्डिङ सेन्टरभित्रै बाढी पसेपछि सरकारले उनीहरूलाई बोडे सारिएको थियो ।
हीरालालका छोराबुहारी र दुर्ई नातिनी पनि छन् । छोरा रवि ज्याला मजदुरीको काम गर्दै आएका थिए ।


प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार गत बिहीवार हीरालाल होल्डिङ सेन्टरको कोठाभित्र मृत फेला परेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3