Menu

आजको मौसम

सिमरा हत्या प्रकरण : प्रहरी हिरासतबाटै आरोपितको बयान भिडियो बाहिरियो, सुरक्षा व्यवस्थामाथि प्रश्न

Author
News Feed |
August 24, 2026
Featured

बारा, भदौ ८ —

जितपुरसिमरा उपमहानगरपालिकाकी तीन वर्षीया बालिका हत्या प्रकरणमा पक्राउ परेका आरोपितसँग प्रहरीले बयान लिँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धानको गोपनीयता र प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

भाइरल भिडियोमा अनुसन्धान अधिकारीहरूले आरोपितसँग प्रश्नोत्तर गरिरहेको देखिन्छ। आरोपितको अगाडि रहेका केही प्रहरी तथा कर्मचारीले व्यक्तिगत मोबाइलबाट भिडियो खिचिरहेको देखिएपछि अनुसन्धान कक्षमा व्यक्तिगत मोबाइल प्रयोगबारे समेत प्रश्न उठेको हो।

अधिवक्ता कमलमोहन पोखरेलले अनुसन्धानका क्रममा रहेका गोप्य कागजात वा डिजिटल सामग्री अनुमति बिना सार्वजनिक गर्न नमिल्ने बताए। उनले अनुसन्धानका लागि आधिकारिक रूपमा अभिलेख गरिएको भिडियो व्यक्तिगत मोबाइलबाट खिचेर बाहिरिनु गलत अभ्यास भएको बताए।

वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को दफा १७ ले अभियोगपत्र दायर नभएसम्म अनुसन्धानमा रहेका व्यक्तिलाई लागेको कसुरका सम्बन्धमा सार्वजनिक गर्न नहुने व्यवस्था गरेको छ। त्यस्तै, सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले अपराध अनुसन्धान तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने सूचना सार्वजनिक गर्न रोक लगाएको छ।

भिडियो सार्वजनिक भएपछि अनुसन्धानको निष्पक्षता, आरोपितको गोपनीयता तथा प्रमाणको सुरक्षामाथि समेत प्रश्न उठेको छ। साथै, भिडियो प्रहरी कार्यालयभित्रबाट कसरी बाहिरियो भन्ने विषयमा पनि छानबिनको माग उठेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीनबहादुर घलेले घटनालाई गम्भीर रूपमा लिइएको बताए। भिडियो कसरी र कसको अनुमतिमा खिचियो तथा सामाजिक सञ्जालसम्म कसरी पुग्यो भन्ने विषयमा आन्तरिक छानबिन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3