Menu

आजको मौसम

रसुवा बाढी : सरकार उद्धार, उपचार र राहतमा केन्द्रित — प्रधानमन्त्री शाह

Author
News Feed |
August 26, 2026
Featured

पर्सा , भदौ १० —

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीमा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई सरकारको साथ रहने बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिले देश नै स्तब्ध भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

उनका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरी खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र घाइतेलाई काठमाडौं ल्याएर उपचार भइरहेको उनले जानकारी दिएका छन्।

घाइतेको निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको तथा उपत्यकाका अन्य ठूला अस्पताललाई समेत तयारी अवस्थामा राखिएको प्रधानमन्त्री शाहले बताएका छन्। प्रभावित क्षेत्रमा मेडिकल टोली, औषधि तथा स्वास्थ्य सामग्री पठाइएको पनि उनले जानकारी दिएका छन्।

प्रधानमन्त्रीका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङका गजुरी, गल्छी र बेनीघाटलगायत क्षेत्र तथा गोरखाका केही स्थानीय तह बाढीबाट बढी प्रभावित भएका छन्। ती क्षेत्रमा खाद्यान्न, खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याइने उनले बताएका छन्।

बेपत्ता नागरिकको खोजी कार्य रातभर जारी राखिने जनाउँदै शाहले बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी संरचनाको पुनर्निर्माण गरी विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले विपद्को यस घडीमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई राहत तथा उद्धार अभियानमा सहयोग गर्नसमेत आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3