Menu

आजको मौसम

अडान पर्साको २१औं स्थापना दिवसमा दृष्टिविहीन विद्यार्थीलाई ट्रयाकसुट वितरण

Author
News Desk |
August 12, 2026
Featured

वीरगंज, २७ साउन ।
नेपाल अडिटर्स एसोसिएसन (अडान) पर्साले २१औं स्थापना दिवस मनाउने क्रममा त्रिजुद्ध माध्यमिक विद्यालय वीरगंजमा अध्ययनरत ११ जना दृष्टिविहीन विद्यार्थीलाई ट्रयाकसुट तथा भेस्ट वितरण गरेको छ।
कार्यक्रममा अडान पर्साका अध्यक्ष गजेन्द्रमान सिंहले विद्यार्थीलाई ट्रयाकसुट तथा भेस्ट हस्तान्तरण गरेका थिए । उनले स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई आवश्यक पोसाक वितरण गरिएको अडान पर्साले जनाएको छ।
अडानका केन्द्रीय सदस्य दिनानाथ रौनियार, केन्द्रीय अनुशासन समिति सदस्य तथा मधेश प्रदेशका उपाध्यक्ष ह्दयमोहनलाल दास, अडान पर्साका उपाध्यक्ष प्रेमचन्द चौरसिया, कोषाध्यक्ष रामबाबु साह, सदस्यहरू श्यामनारायण श्रेष्ठ, रोशन श्रेष्ठ, प्रधानाध्यापक हरेन्द्रप्रसाद कुर्मीको उपस्थिति रहेको थियो।
अडान पर्साका पदाधिकारीहरूले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी सामाजिक सेवासँग जोड्दै विद्यार्थी तथा समुदायका लागि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन।
दृष्टिविहीन विद्यार्थीलाई ट्र्याकसुट तथा भेस्ट वितरणले उनीहरूको दैनिक अध्ययन तथा विद्यालय गतिविधिमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3