Menu

आजको मौसम

सडकमा ढाँट राखेर अवैध रकम असुलिको आरोपमा एकजना पक्राउ

Author
News Desk |
August 12, 2026
Featured

वीरगंज, २७ साउन । कबाडी करको नाममा अवैध असुली गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका–२२ जगरनाथपुरस्थित सडकमा ढाट राखेर रकम असुलि गरिरहेको आरोपमा सोही ठाउँका ३५ वर्षीय अशोक प्रसाद यादव पक्राउ परेको प्रहरीले जनाएको छ । यादवविरूद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
यसअघि पनि प्रहरीले जगरनाथपुरस्थित त्यहि ढाटबाट एक जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
प्रहरीले दुर्ई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाए पनि कवाडी करको नाममा हुँदै आएको भनिएको अवैध असुली पूर्णरूपमा रोक्न नसकेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार जगरनाथपुर चोकस्थित सडक किनारमै त्रिपालको छाप्रो बनाएर केही युवाहरूले कवाडी करको नाममा सवारीसाधनबाट रकम असुल्दै आएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3