Menu

आजको मौसम

बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन निःशुल्क सेवा

Author
News Feed |
August 26, 2026
Featured

पर्सा , भदौ १० —

रसुवामा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका सर्वसाधारणलाई एनसेलले तीन दिनसम्म निःशुल्क भ्वाइस तथा डेटा सेवा उपलब्ध गराउने भएको छ।

एनसेलका अनुसार बाढी प्रभावित क्षेत्रमा आपतकालीन खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन उक्त सेवा उपलब्ध गराउन लागिएको हो।

यसका साथै प्रभावित क्षेत्रका सर्वसाधारणले तीन दिनको समयसीमा रहने गरी १०० वटा एसएमएस निःशुल्क प्रयोग गर्न पाउनेछन्।

बाढीका कारण सञ्चार सम्पर्कमा समस्या उत्पन्न भएको अवस्थामा प्रभावित नागरिकलाई आफन्त तथा उद्धार तथा राहतमा खटिएका निकायसँग सम्पर्कमा रहन सहज हुने एनसेलले जनाएको छ।

एनसेलले यो पहलले आपतकालीन अवस्थामा खोजी, उद्धार तथा राहत वितरणमा समन्वय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, प्रभावित नागरिकलाई आवश्यक परेका बेला सम्पर्कमा रहन समेत यसले महत्वपूर्ण सहयोग गर्ने कम्पनीको भनाइ छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3