Menu

आजको मौसम

८१ लाखभन्दा बढी रकमसहित पर्साका युवक पक्राउ

Author
News Desk |
August 12, 2026
Featured

काठमाडौं । काठमाडौंको एक फलफूल पसलबाट प्रहरीले हुण्डी कारोवारको आशंकामा ८१ लाख रुपियाँँभन्दा बढी रकमसहित पर्साका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको कुलेश्वरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र साह तुराहा रहेका छन् ।
काठमाडौं महानगरपालिका–१४, कुलेश्वरस्थित फलफूल मण्डीमा रहेको आँचल फ्रूट सेन्टरमा स्रोत नखुलेको रकममार्पmत हुण्डी कारोवार भइरहेको सूचना पाएपछि प्रहरीले मंगलवार पसलमा छापा मारेको थियो ।
प्रहरी वृत्त कालीमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, कालीमाटी शाखाबाट खटिएको संयुक्त टोलीले गरेको खानतलासीका क्रममा तुराहा सञ्चालक रहेको फलफूल पसल तथा उनको डेराबाट गरी ८१ लाख १४ हजार १८० रुपियाँँ बरामद भएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद रकममध्ये स्रोत नखुलेको नेपाली नगद ७६ लाख २७ हजार ३०० रुपियाँँ र भारतीय रुपियाँँ ३ लाख ४ हजार ३०० रहेको छ । भारतीय रुपियाँँको नेपाली मूल्य करिब ४ लाख ८६ हजार ८८० रुपियाँँ हुने प्रहरीले जनाएको छ ।
बरामद रकम हुण्डी कारोवारमा प्रयोग भएको हुन सक्ने प्रहरीको आशंका छ । पक्राउ परेका तुराहालाई प्रहरी हिरासतमा राखेर हुण्डीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3