Menu

आजको मौसम

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Author
News Feed |
August 27, 2026
Featured

वीरगंज , भदौ ११ —

बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा सिन्धुपाल्चोकको साविक शिखरपुर गाविस–९ घर भई हाल वीरगंज महानगरपालिका–१२ बस्ने ४९ वर्षीय क्षेत्रबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो।

पर्सा जिल्ला अदालतको लगत नम्बर ०८२–C१–०२२४ को फैसलाले बैंकिङ कसुर मुद्दामा श्रेष्ठलाई २ वर्ष कैद सजाय तोकेको थियो।

अदालतको फैसलापछि फरार रहेका उनलाई प्रहरीको विशेष टोलीले भदौ १० गते साँझ ६ः३० बजे वीरगंजको मुर्लीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका श्रेष्ठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ तथा कानुनी कार्यान्वयनलाई निरन्तरता दिइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3