Menu

आजको मौसम

सिमरा हत्या प्रकरण : वीरगंजमा युवाहरूको प्रदर्शन

Author
News Feed |
August 22, 2026
Featured

पर्सा, भदौ ६ –

बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्याको विरोधमा वीरगंजका युवाहरूले प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा युवाहरूले वीरगंजको घण्टाघर चोकमा टायर बालेर विरोध जनाएका छन्। उनीहरूले घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरेका छन्।

गरिमा हत्याको विरोधमा काठमाडौंको माइतीघर मण्डलासहित सिमरा, जीतपुर, बारागढी, कलैया र वीरगंजलगायतका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।

घटनाप्रति देशभर आक्रोश बढ्दै गएको छ। सामाजिक सञ्जालमार्फत समेत बालिकामाथि भएको जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने माग उठिरहेको छ।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्याय दिलाउन माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3