Menu

आजको मौसम

आपतकालीन स्वास्थ्य सेवाका लागि एच.इओ.सि सक्रिय, अस्पताल र एम्बुलेन्स तयारी अवस्थामा

Author
News Feed |
August 26, 2026
Featured

पर्सा , — सम्भावित विपद् तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (HEOC) लाई सक्रिय बनाएको छ।

स्वास्थ्यमन्त्री निशा मेहताका अनुसार आपतकालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौंका संघीय अस्पताल तथा रक्तसञ्चार केन्द्रहरूसँग आवश्यक समन्वय भइरहेको छ।

मन्त्रालयले काठमाडौंका विभिन्न अस्पतालमा उपलब्ध तथा खाली बेडको विवरण अद्यावधिक गरी आवश्यकताअनुसार बिरामी व्यवस्थापनको तयारी गरेको जनाएको छ। साथै, एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य उपकरण र सेवाका साधनलाई स्ट्यान्डबाइ अवस्थामा राखिएको छ।

सम्भावित विपद्का कारण घाइते तथा बिरामीको संख्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले आपतकालीन स्वास्थ्य सेवा व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।

मन्त्रालयका अनुसार आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वय आवश्यक परे हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिनेछ।

स्वास्थ्यमन्त्री मेहताले सम्भावित विपद्को अवस्थामा नागरिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै तयारीलाई प्रभावकारी बनाइएको बताएकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3