Menu

आजको मौसम

युरोपका जंगलमा डढेलो बढ्दा विश्वयुद्धकालीन बम पड्किने क्रम बढ्यो

Author
News Feed |
August 22, 2026
Featured

पर्सा , भदौ ६ –

युरोपमा फैलिएको भीषण डढेलोका कारण दशकौँदेखि जमिनमुनि र जंगलमा पुरिएका विश्वयुद्धकालीन विस्फोटक पदार्थ सतहमा आउन थालेका छन्। यससँगै पुराना बम तथा बारुदी सुरुङ विस्फोट हुने जोखिमसमेत बढेको छ।

पहिलो र दोस्रो विश्वयुद्धका क्रममा युरोपका विभिन्न क्षेत्रमा खसालिएका तर विस्फोट नभएका लाखौँ बम तथा बारुदी सुरुङ अझै जमिनमुनि र जंगल क्षेत्रमा रहेको बताइएको छ। अत्यधिक गर्मी, खडेरी र डढेलोका कारण जमिनको तापक्रम बढ्दा कतिपय विस्फोटक आफैँ पड्किन थालेका छन्।

समाचार संस्था एपीका अनुसार फ्रान्स, बेल्जियम, जर्मनी र नेदरल्यान्ड्समा डढेलोका कारण पुराना बम विस्फोट भएका छन्। यसले आगो नियन्त्रणमा खटिएका अग्निनियन्त्रक तथा उद्धारकर्मीका लागि थप जोखिम सिर्जना गरेको छ।

खडेरीका कारण नदीको जलस्तर घट्दा इटालीको पो नदी र जर्मनीको राइन नदी किनारमा समेत दोस्रो विश्वयुद्धकालीन सयौँ किलोका ठूला बम फेला परेका छन्।

जर्मनीको राजधानी बर्लिनस्थित ग्रुनेवाल्ड जंगलमा लागेको भीषण डढेलोका क्रममा जमिनमा पुरिएका पुराना हतियार विस्फोट हुँदा अग्निनियन्त्रकलाई आगो नजिक पुग्नसमेत कठिन भएको थियो।
बेल्जियमको हाई फेन्स र फ्रान्सको रेड जोन क्षेत्रमा अझै हजारौँ टन युद्धकालीन विस्फोटक पदार्थ पुरिएको बताइएको छ।

विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, खडेरी र डढेलोले युरोपको वातावरणीय सुरक्षासँगै भौतिक सुरक्षामा समेत नयाँ चुनौती थपेको छ। दशकौँदेखि जमिनमुनि रहेका ती विस्फोटक पदार्थ अहिले ‘टाइम बम’ जस्तै पुनः सतहमा आउन थालेपछि पुरानो युद्धको जोखिम फेरि देखिन थालेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3