वीरगंज, ७ भदौ । सशस्त्र प्रहरी बल, पर्साले ५ किलो लागुऔषध गाँजा र मोटरसाइकलसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
भदौ ७ गते जिल्ला पर्सा, छिपहरमाई गाउँपालिका–५ भिस्वास्थित सशस्त्र प्रहरी बल, नेपाल एफ.ओ.बी. जयमंगलापुरबाट खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका दुईजना भारतीय नागरिक सवार भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्यांकी तथा सिटमुनि लुकाईछिपाई राखिएको ५ के.जी. गाँजा जस्तो देखिने प्रतिबन्धित लागुऔषध पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
गाँजासहित मोटरसाइकल तथा दुवै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वार्टर, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्ष्Fक मोहनराज निरौलाले जानकारी गराएका छन् ।