Menu

आजको मौसम

ग्यास बिक्रेता संघका अध्यक्षको स्टोरमा १३१ सिलिन्डर बरामद

Author
News Feed |
August 16, 2026
Featured

जनकपुरधाम,३१ साउन: धनुषा ग्यास बिक्रेता संघका अध्यक्ष तथा जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष फूलदेव पण्डितले लुकाएर राखेको भनिएको ग्यास स्टोरमा प्रहरीले छापा मारेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अरविन्द साहको नेतृत्वमा प्रहरीले छापा मार्दा स्टोरबाट विभिन्न ब्रान्डका १३१ थान ग्यास सिलिन्डर फेला पारेको हो।

प्रहरीका अनुसार पण्डितले सिलिन्डर लुकाएर राखी महँगो दरमा बिक्री गर्दै आएको सूचनाका आधारमा स्टोरमा छापा मारिएको हो।

बरामद सिलिन्डरको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3