Menu

आजको मौसम

हरि खेतान कलेजमा एनसीसीको सय दिने तालिम सुरु

Author
News Feed |
August 23, 2026
Featured

वीरगंज , भदौ ७ —

वीरगंजस्थित हरि खेतान बहुमुखी कलेजमा राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजनको संस्थागत तालिम आजदेखि औपचारिक रूपमा सुरु भएको छ।

एनसीसी सिनियर क्याडेट तालिमका लागि छनोट भएका छात्र–छात्रालाई स्वागत तथा बधाई दिँदै तालिमको शुभारम्भ गरिएको हो। तालिमको उद्घाटन प्रमुख सेनानी लोकेन्द्र कार्कीले प्रथम प्रवचनमार्फत गरे।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश खेतान, क्याम्पस प्रमुख किशोरी राय, डा. राम औतार खेतान, शिक्षक, व्यवस्थापन समितिका सदस्य, नेपाली सेनाका अधिकृत तथा एनसीसी प्रतिनिधिको सहभागिता थियो।

उद्घाटन कार्यक्रममा प्रमुख सेनानी कार्कीले अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व क्षमताको विकास गर्नु एनसीसीको मुख्य उद्देश्य रहेको बताए। विपद्का समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकका रूपमा भूमिका निर्वाह गर्न सक्ने दक्ष र जिम्मेवार युवा तयार गर्न तालिमले योगदान पुर्‍याउने उनले बताए।

कुल १०० दिन सञ्चालन हुने तालिममा ८९ दिन संस्थागत तालिम र ११ दिन वार्षिक सामूहिक क्याम्प सञ्चालन हुनेछ। तालिममा एफसीबीसी, नक्सा अध्ययन, विपद् व्यवस्थापन, ड्रिल, तेक्वान्दो, एरोबिक्स तथा विभिन्न साहसिक गतिविधिसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिनेछ।

प्रमुख सेनानी कार्कीले क्याडेटहरूलाई उच्च मनोबलका साथ तालिममा सहभागी हुन निर्देशन दिँदै सफलताको शुभकामना दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3